एमाले महाधिवेशन : उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक (सूचीसहित) - corporatekhabar.com
काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार अध्यक्ष पदमा निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै, पाँच जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ । महासचिव पदका लागि शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको मनोनयन दर्ता भएको छ । तीन जना उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ । हेरौँ उम्मेदवारी विवरण– The post एमाले महाधिवेशन : उम्मेदवारी मनोनयनको अन्तिम नामावली सार्वजनिक (सूचीसहित) appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.