उच्च अदालतमा न्यायाधीश बनाउन २७ जना सिफारिस [सूचीसहित] - www.nepalclicks.com
Source: nplk
काठमाडौँ- न्याय परिषदले उच्च अदालतमा न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। परिषदको बिहीवार साँझ सम्पन्न बैठकले उच्च अदालतमा २७ जना न्यायाधीश नियुक्तिको लागि सिफारिस गरेको हो। रिक्त मुख्य न्यायाधीश नियुक्ति सिफारिस भने गरिएको छैन। उच्च अदालतमा न्यायाधीश नियुक्त भएका अधिकांश जिल्ला न्यायाधीशहरू छन्। उच्च अदालतमा २ मुख्य न्यायाधीश र सर्वोच्चका एक न्यायाधीशको नियुक्तिमा सहमति जुट्न नसकेको बताइएको छ।