एमालेमा दुई भाग्यमानी जोडी, बुढाबुढी नै उम्मेदवार ! - arthasarokar.com
काठमाडौँ । नेकपा एमालेले दुई जोडी (पतिपत्नी) लाई उम्मेदवारको टिकट दिएको छ । एमालेको शनिबार रातीसम्म बसेको बैठकले दुई जोडीलाई फागुन २१ गतेका प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको टिकट दिएको हो । एमालेले धनुषा-४ मा रघुवीर महासेठलाई र धनुषा-३ मा जुलीकुमारी महतोलाई उम्मेदवारको टिकट दिएको छ । उनीहरु दुवैजना श्रीमान-श्रीमती हुन् । अघिल्लो निर्वाचनमा पनि उनीहरु दुवैजना धुनषाबाटै चुनाव लडेका थिए । महासेठ एमालेको ११औँ महाधिवेशनमा ओली समूहबाटै उपमहासचिवमा वियजी भएका थिए । उनकी श्रीमती मधेशी महिला सदस्यतर्फ केन्द्रीय सदस्यमा विजयी भएकी थिइन् । त्यस्तै, एमालेले समानुपातिकतर्फ आदिवासी जनजाति महिलातर्फ उम्मेदवार बनाएकी उषाकला राई र सिन्धुपाल्चोक-२ मा उम्मेदवार बन्न लागेका शेरबहादुर तामाङ पनि श्रीमान-श्रीमती हुन् । उनीहरु दुवैजना एमालेको ११औँ महाधिवेशनमा केपी ओलीकै समूहतर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका थिए ।