चीनले जापानबाट आफ्ना जुम्ल्याहा पाण्डा फिर्ता माग्ने, अन्तिम पटक हेर्न हजारौँको भीड - www.onlinekhabar.com
Source: onkh
१२ माघ, टोक्यो। जापानका पाण्डा प्रेमीहरूका लागि यो साता निकै नमज्जा बनेको छ। टोक्योको उएनो चिडियाखानामा रहेका अन्तिम दुई जुम्ल्याहा पाण्डा 'शाओ शाओ' र 'लेई लेई' जनवरी २७ मा चीन फर्किँदै छन्। यी पाण्डाहरूमाथि चीनको स्वामित्व रहेको छ। आइतबार चिडियाखानामा यी पाण्डाहरूलाई अन्तिम पटक सार्वजनिक रूपमा प्रदर्शन गरियो। हजारौँ मानिसहरू अन्तिम बिदाइका लागि पुगेका थिए।…