नेताले बिचौलियालाई टाउकोमा राख्दा नागरिकले दुःख पाए, हामी सुधार गर्छौँ : मन्त्री इङ्नाम - farakdhar.com
Source: FRDH
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नामले नेताहरूले बिचौलियाहरूलाई टाउकोमा राख्दा नागरिकहरूले दुःख पाएको बताएका छन् । शुक्रबार पदभार ग्रहण गर्दै उनले नेताहरूले कमिसन खानको लागि बिचौलियाहरूलाई टाउको वा गोजीमा राखेर हिँड्ने गरेकाले नागरिकहरूले दुःख पाएको बताए । उनले भने, ‘नेपाल पहिलादेखि नै कृषि कर्म गर्दै आएको देश हो । कृषि सहजताका साथ गर्न सक्ने अवस्थामा पनि छौँ । तर यसको उपयोग हुन सकेन । यसमा केही दोषहरू छन् । उत्पादन भएको सामानलाई बजारीकरण गर्न सकेनौ । दोस्रो कुरा हामीले बिचौलिय...