रहबरले छाडे प्रचण्डको साथ, नेकपासँगै त्यागे प्रदेश सभा सदस्य - farakdhar.com
Source: FRDH
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का मधेस प्रदेश सभा सदस्य रहबर अन्सारीले पार्टी छाडेका छन् । उनले आज पार्टी केन्द्रीय कार्यालयलाई औपचारिक पत्र पठाएर आफ्नो निर्णय जानकारी गराएका हुन् । केही समयअघि उनले मधेस प्रदेश सभामा विद्रोह गरेका थिए, जसले मधेसमा जितेन्द्र सोनल नेतृत्वको सरकार ढाल्न भूमिका खेलेको थियो । अन्सारीले अर्को पार्टीमा जानेबारे तत्काल केही निर्णय नगरेको बताएका छन् । उनले प्रदेश सभा सदस्य पदसमेत त्याग्ने बताएका छन् । बुधबार उनले फेसबुकमा लामो हिन्दी सायरी पोस्ट गरेर पार्टी छाड्ने संकेत दिएका थिए। ...