जसपा नेपालको निर्देशन- प्रत्यक्षतर्फको नामावली केन्द्रमा पठाउनू - farakdhar.com
Source: FRDH
जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस प्रक्रिया औपचारिकरूपमा अघि बढाएको छ । पार्टीले प्रदेश तथा जिल्ला समितिलाई आवश्यक मापदण्ड पूरा गर्ने योग्य व्यक्तिहरूको नाम संकलन गरी केन्द्रमा पठाउन निर्देशन दिएको छ । पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार विधानको धारा ११७ को उपधारा (३) मा उल्लेख गरिएका योग्यता र मापदण्डअनुसार उम्मेदवार छनोट गर्न आग्रह गरिएको हो । सोही आधारमा क्षेत्रीय तहबाट निर्णय गराई उम्मेदवारको नामावली केन्...