Redirecting...

देशमा सकारात्मक सोचको अभाव छः सांसद कुँवर - ehimalayatimes.com

देशमा सकारात्मक सोचको अभाव छः सांसद कुँवर - ehimalayatimes.com
Source: hmlt

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले देशमा सरकारात्मक सोचको अभाव देखिएको बताउनुभएको छ । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अहिले जताततै नकारात्मक सोच र उर्जा विकसित भएको बताउनु भयो । नकारात्मक सोचलाई हटाउने कुरा अहिले चुनौति बनिरहेको पनि बताउनु भयो । सकारात्मक सोच र उर्जा लिएर अघि बढेमात्रै देशलाई र आफ्नो भविष्यलाई सुन्दर बनाउन सकिने बताउनु भयो । जीवनलाई सार्थक ढंगबाट उपयोग गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामी भोलिका युवाहरुले के गर्नुपर्ला, के गरिरहेका छौँ । हाम्रो सुन्दर भविष्य बनाउनका लागि के गर्नुपर्छ । साथै यो देशलाई योगदान पुर्‍याउनका लागि, आफ्नो जिल्ला, देश समृद्ध बनाउन के गर्नुपर्ला रु कस्ता सोचहरु ग्रहण गर्नुपर्ला भन्नेमा हामी केन्द्रित हुनुपर्छ । जीवनलाई सार्थक ढंगबाट उपयोग गर्न सक्नुपर्छ । सकारात्मक सोचका साथ अघि बढौँ । सबैको दिमागमा नकारात्मक उर्जा छ, सबैले सकारात्मक बोल्न सक्दैन । यो नकारात्मक उर्जा कसरी फाल्ने भन्ने चुनौति छ ।’ सांसद कुँवरले समर्पणको भावना लिएर अघि बढेमात्रै सफल भइने बताउनु भयो ।