Redirecting...

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ - www.onlinepana.com

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ - www.onlinepana.com
Source: onpa

काठमाडाैं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले शपथ खुवाएका हुन् । उनी यही मंसिर २४ गते विश्वासको मत लिने तयारीमा छन् । कांग्रेस संसदीय दलका नेता यादव यही मंसिर १९ गते ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । यादवलाई कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन नेकपा माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका सांसदहरुले समर्थन गरेका छन् । शपथ ग्रहण कार्यक्रममा पूर्वउपप्रधानमन्त्री बिमलेन्द्र निधि, मधेस प्रदेशका पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, विभिन्न मन्त्रालयका सचिव, गठबन्धनका नेता कार्यकर्ताकोे उपस्थिति रहेको छ । The post मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री यादवले लिए शपथ appeared first on Nepal'S Largest Digital Online Newspaper (Magazine).