Redirecting...

कैलाली कारागार झडप : यी हुन् एक मृत्तक र ४७ घाइते (नामावलीसहित) - www.pardafas.com

कैलाली कारागार झडप : यी हुन् एक मृत्तक र ४७ घाइते (नामावलीसहित) - www.pardafas.com
Source: pfds

कैलाली कारागारमा भएको झडपमा घाइते भएकाहरूको विवरण सार्वजनिक भएको छ । शुक्रवार मध्यरातमा भएको घटनामा एक जनाको मृत्यु हुनुका साथै ४७ जना कैदीबन्दी घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । जसमध्ये दुई जनालाई आइसियूमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक बाल नरसिंह राणाले जानकारी दिएका छन् । घाइतेहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । झडपमा घाइते एक जनालाई उपचारका लागि काठमाडौं लग्ने तयारी छ । नेपाली सेनाको स्काई ट्रकमार्फत गोदावरी नगरपालिका–२ का आयुश भट्टलाई थप उपचारका लागि काठमाडौं लगिने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । स्काई ट्रक धनगढी विमानस्थल पुग्दैछ । गम्भीर अवस्थाका भट्टको सेती प्रादेशिक अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ । अवस्था बिग्रँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिने भएको हो । घटनामा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको छ । मृतकको शव परिवारले बुझ्न मानेका छैनन् । मृतकका परिवारले घटनाको सत्यतथ्य छानबिन र दोषीमाथि कारबाही नहुँदासम्म शव नउठाउने बताएका छन् । कारागारभित्र ब्लक ‘ए’ मा बस्ने र ब्लक ‘बी’ मा बस्ने कैदीबन्दीबीच झडप भएको हो । यसअघि बिहीबार राति पनि उनीहरूबीच आपसमा हानाहान भएपछि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक कारागार पुगेर सम्झाइबुझाई गरेपछि अवस्था समान्य बनेको थियो । कारागारका कर्मचारी रामप्रसाद चौधरीले पुनःशुक्रबार राति आपसमा ढुङ्गामुढा हानाहान भएको बताए । यसअघि गएको असार २८ गते पनि यहाँ कैदीबन्दीबीच कुटाकुट भएको थियो । कैदीबन्दीको सरुवाबारे मत ऐक्यता हुन नसक्दा विवाद उत्पन्न भई झडप हुने गरेको जनाइएको छ । एक सय ५० जना क्षमताको कैलाली कारागारमा हाल छ सय ८० जना छन् । यी हुन् घाइतेहरू१. जनक देउवा–धनगढी–५ कैलाली२. रोशन शाही–धनगढी– ५ कैलाली३. जीवन खत्री–गोदावरी नगरपालिका–९ कैलाली४. नविन नाथ–गौरीगङ्गा–७ कैलाली५. शरद चौधरी–धनगढी–५ कैलाली६. नरेश राना–धनगढी–१३ कैलाली७. वसन्त खत्री–धनगढी–८ कैलाली८. रामनिवास राना–धनगढी–१० कैलाली९. कर्ण सलामी मगर–मोहन्याल–३, कैलाली१०. अभिषेक चौधरी–घोडाघोडी–५ कैलाली११. धिरज बम–बर्दगोरिया गाउँपालिका–१ कैलाली१२. मेकेन्द्र गिरी–त्रिवेणी नगरपालिका–८ बाजुरा१३. रन्जित सिंह–लखिमपुर कवेरी, भारत१४. निरज जैशी–जानकी गाउँपालिका–९ कैलाली१५. जगदिश राना–धनगढी–१० कैलाली१६. हिमाल राना–धनगढी–८ कैलाली१७. बल राना–धनगढी–५ कैलानी१८. हर्क गिरी–धनगढी–१८ कैलाली१९. जनक भण्डारी–लम्कीचुहा–१० कैलाली२०. किशोर खडायत–भिमदत्त–८ कञ्चनपुर२१. अमित भुल–टीकापुर–१ कैलाली२२. कल्पेश विष्ट–टीकापुर–१ कैलाली२३. दीपक खत्री–गोदावरी–१० कैलाली२४. दिनेश साउद–लम्कीचुहा–१ कैलाली२५. रवि चौधरी–धनगढी–४ कैलाली२६. अङ्कित बानियाँ–पालिनन्दन–१ नवलपरासी२७. सिद्धार्थ बडेला–गोदावरी–९ कैलाली२८. बिवेक चौधरी–जोशीपुर–१ कैलाली२९. मनिष चौधरी–कैलारी–८ कैलाली३०. गौरब बम–शुक्लाफाँटा–८ कञ्चनपुर३१. विवश चौधरी–घोडाघोडी–३ कैलाली३२. शिव थापामगर–टीकापुर–१ कैलाली३३. अर्जुन खड्का–धनगढी–१३ कैलाली३४. पुष्पेन्द्र रानार–लखिमपुर खिरी वनगाउ भारत३५. नरेन्द्र घरेडी–डिलासैनी गाउँपालिका–२ बैतडी३६. देवेन्द्र सिंह–जानकी गाउँपालिका–२ कैलाली३७. सन्जु दमाई–बर्दगोरीया–३ कैलाली३८. वीरेन्द्र चौधरी–गोदावरी–१ कैलाली३९. मानवीर चौधरी–धनगढी–८ कैलाली४०. मिलन चन्द–धनगढी–५ कैलाली४१. बीरबहादुर विष्ट४२. आयुश भट्ट–गोदावरी–२ कैलाली४३. एकेन्द्र भाट–धनगढी–६ कैलाली४४. सुरेश राना–पुनर्वास–१ कञ्चनपुर४५. पङ्कज चौधरी–धनगढी–२ कैलाली४६. मिनबहादुर विष्ट–अमरगढी–४ डडेल्धुरा४७. सुरेन्द्र बम–गोदावरी–८ कैलाली