पहिलो हाफमा बराबरीमा रोकिए नेपाल र साउदी अरेबिया - farakdhar.com
Source: FRDH
एएफसी यू–२० महिला एसियन कप छनोटअन्तर्गत नेपाल र साउदी अरबबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । पहिलो हाफमा नेपाली फरवार्ड मीना देउवा गोल गर्न चुकिन् । उनी पेनाल्टीमा चुकेकी हुन् । मीनाको प्रहार पोस्टमा ठोक्किएर फर्कँदा नेपालले अग्रता लिने महत्वपूर्ण मौका गुमायो । नेपालले सुरुवाती ११ मा पाँच खेलाडी परिवर्तन गर्दै वर्षा ओली, कुसुम खतिवडा, समीक्षा मगर, मनीषा सेन र सरिता नाथलाई पहिलो रोजाइमा राखेको थियो । प्रशिक्षक यामप्रसाद गुरुङले टिमलाई बलियो बनाउन खोजेका थिए । तर, पहिलो ...