नेपाल काभा महिला यु १९ भलिबलको फाइनलमा - www.hamrokhelkud.com
Source: hkhe
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल श्रीलंकामा जारी काभा महिला यु १९ भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। माल्दिभ्सलाई ३-० ले हराउँदै नेपाल फाइनल पुगेको हो। एकतर्फी जित निकाल्ने क्रममा नेपाल २५-११,२५-३,२५-५ ले विजयी भएको छ । नेपालले आइतवार हुने फाइनलमा कीर्गिस्तानको सामना गर्नेछ। पहिलो सेमिफाइनलमा आयोजक श्रीलंकालाई ३-० ले हराउँदै कीर्गिस्तान उपाधि नजिक पुगेको हो। कीर्गिस्तान २६-२४,२५-२१,२५-१५ ले विजयी भएको थियो। च्याम्पियनसिपमा सहभागी ४ टोलीमा नेपाल समूह चरणमा कीर्गिस्तानसँग ३-२ ले पराजित भएको थियो। भोलि फाइनल र तेस्रो स्थानको खेल हुनेछ। नेपाललर गत वर्ष काभा महिला यु २० मा कास्य पदक जितेको थियो।The post नेपाल काभा महिला यु १९ भलिबलको फाइनलमा first appeared on हाम्रो खेलकुद.