थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता लम्ब्याउने सहमति - ujyaaloonline.com
Source: unn
थाइल्यान्ड र कम्बोडियाबीच गएको महिना सीमा क्षेत्रमा पाँच दिनसम्म चलेको युद्धपछि भएको अस्थायी युद्धविराम सम्झौतालाई लम्ब्याउने सहमति भएको छ । सीमावर्ती मन्दिरलाई लिएर लामो समयदेखि चलेको विवाद हिंसामा परिणत भएको थियो । युद्धमा कम्तीमा ४३ जनाको ज्यान गएको अन्तर्राष्ट्रिय समाचारसंस्था एएफपीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ मध्यस्थकर्ताको एक टोलीको आग्रहपछि आसियान अध्यक्ष मलेशियाली प्रधानमन्त्री अनवर इब्राहिमले युद्धविरामको मध्यस्थता गर्नुभएको थियो । सम्झौतामा अस्थायी युद्धविरामको लागि सहमति भएको थियो । प्रति...