Redirecting...

कविता : मेरो एउटा साथी छ - sahityapost.com

कविता : मेरो एउटा साथी छ - sahityapost.com
Source: shpt

मेरो एउटा साथी छऊ मेरै साथ रहन्छ हर समयदुःख–सुख, हँसाइ, रुवाइखाँदाखेरि, लाउँदाखेरिगाउँ–घर चहार्दाऊ ढुक्कसँग मसँग रहन्छ ।मैले बोल्न आँ मुख बाउँदाउसले अलंकार बुझेर बोलिसकेको हुन्छ । मेरो एउटा साथी छसभा–समितिमा ऊ डाइसमा बस्छमलाई श्रोता–दर्शकको पङ्क्तिमा बसाउँछर मतिर हेर्दै मुसुक्क हाँस्छ ।खद्दर, टोपी लगाएर ठुलो मान्छेको स्वाङ रच्छचुनावको मौसम आओस् मात्र न !ऊ नेताको धुपौरे हुन्छमनमनै सपना बुन्छ ।नेताको पकेट गरम गरेपछि आश्वस्त पार्छशोरुमको नयाँ स्कर्पियो किनेर ठुलो सास फेर्छअनि एकान्तमा ड्रेसिङ ऐना अघि उभिन्छठुलो बनेको अनुभव गर्छपक्क–फुक्क पर्छअनि लाजै नमानी ङिच्च सुन ठोकेको दाँत देखाउँछ। मेरो एउटा साथी छअचम्मको छ ऊ ।हिजोआज उसले एउटा पसल पनि थापेको छ,त्यो पसलमा जाति, जातधर्म–कला–संस्कृति राखेको छ ।मनपरी बेचेको छमनग्गे धन कमाएको छतर सबैलाई खुसी बनाउने क्रममा आफू दुःखी बन्दै छ । मेरो एउटा साथी छचानचुने चिर्कटा जम्मा गर्छधुपौरो बनाउँछभाँडो बनाउँछआफैँ भाँडो बन्छकोदालो बनाउँछआफूलाई पुर्ने खाल्डो आफैँ खन्छ। मेरो एउटा साथी छआफूलाई काले–कृष्ण बनाउँछबेमौसममा रास रचाउँछगोपिनी भेला पारी नाच नचाउँछ।एक्कासी ऐना अघि उभिन्छआफूलाई नियाल्छकतिखेर डोरेमोनकतिखेर लाेविता जस्तै देख्छ ! मेरो एउटा साथी छबुढेसकालमा तन्नेरी नै छु भन्छआकाशका नौलाख तारा गन्नु झैँ गर्छ,अनि पाँच वर्ष निस्फिक्री रहन्छर, अर्को चुनाव पर्खिन्छ…………..! The post कविता : मेरो एउटा साथी छ appeared first on साहित्यपोस्ट.