Redirecting...

इन्धनबाट चल्ने गाडीहरू विस्थापन हुँदा सयौँ मजदुरहरू पलायन हुने स्थिति आयोः अध्यक्ष श्रेष्ठ - taksarnews.com

इन्धनबाट चल्ने गाडीहरू विस्थापन हुँदा सयौँ मजदुरहरू पलायन हुने स्थिति आयोः अध्यक्ष श्रेष्ठ - taksarnews.com
Source: tsar

काठमाडाैँ । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले इन्धनबाट चल्ने गाडीहरूलाई पछिल्लो समय विद्युतीय गाडीहरूले विस्थापन गर्दै जाँदा सयौँ मजदुरलाई असर गर्न थालेको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको नेपालमा जलवायु परिवर्तन, श्रम बजारमा प्रभाव र न्यायोचित रुपान्तरणका लागि सरोकारवालासँगको सहकार्य विषयक गोष्ठीमा बोल्दै अध्यक्ष श्रेष्ठले यस्ताे बताएका हुन्। उनकाअनुसार पहिला इभि सवारी आउनुअघि पेट्रोलियम पदार्थले चल्ने सवारी आए । उनले भने, “ती गाडीहरूको मर्मतसम्भारमा सयौँ मेकानिकहरू आवद्ध थिए । अहिले इभिले त्यस्ता सवारीलाई विस्थापन गरेपछि अधिकांश मेकानिकहरू बेरोजगार बन्दै गएका छन् ।ती बेरोजगारलाई रोजगारी दिन इभिलाई मर्मत गर्ने सीप दक्षताको तालिम सरकारले दिनुपर्छ ।” उनले इभी गाडीहरू आउनु सकारात्मक भएपनि मजदुर पलायन हुन नदिन सरकारले प्रभावकारी कदमहरू चाल्न नसकेको बताए । अध्यक्ष श्रेष्ठले जलवायुसम्बन्धि कतिपय कानूनहरूमा श्रमिकहरूकाे कुराहरू नसमेटिएको समेत बताए। उनकाअनुसार पुराना कानूनहरूलाई संशोधन गरेर श्रमिकका मुद्दाहरूलाई समेटिनुपर्छ । श्रेष्ठले सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई प्रभावकारी लागू गर्न सरकारले ट्रेड युनियनहरूसँग समन्वय गर्न समेत चुकिरहेको बताए । उनकाअनुसार योगदानमा आधारित सामाजिक सुरक्षालाई सरकारले अनौपचारिक क्षेत्रमा समेत प्रभावकारी रूपमा लागू गर्नुपर्छ ।