Redirecting...

२५० सीसीको एड्भेन्चर मोटरसाइकल बिक्री थाल्दै सीएफ मोटो, मूल्य कति ? - www.meroauto.com

२५० सीसीको एड्भेन्चर मोटरसाइकल बिक्री थाल्दै सीएफ मोटो, मूल्य कति ? - www.meroauto.com
Source: meau

काठमाडौं । सीएफ मोटोको नयाँ मोटरसाइकल नेपालमा सार्वजनिक हुने भएको छ । सीएफ मोटोको डबल पर्पस मोटरसाइकल डुअल २५० अंग्रेजी नयाँ वर्षको अवसरमा बिक्री थाल्न लागिएको हो । कम्पनीले नेपालको विभिन्न स्थानमा डुअल २५० को परीक्षण अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । केही दिनअघि मेरोअटोले सीएफ २५० डुअल परीक्षणको क्रममा देखिएको समाचार समेत प्रकाशित गरेको थियो । सीएफ मोटो मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले नयाँ डबल पपर्स मोटरसाइकल डुअल २५० बिक्री थाल्ने भएको हो । पछिल्लो समय नेपालमा डबल पर्सस मोटरसाइकल र एड्भेन्चर सेग्मेन्टमा माग बढ्दै जाँदा कम्पनीले डुअल २५० ल्याउन लागेको हो । सीएफ मोटो डुअल २५० मोटरसाइकलमा २५० सीसी लिक्विड कुल्ड इन्जिन रहेको छ । युरो ५ इमिशन स्ट्याण्डर्डमा आउने यो मोटरसाइकलले २४.४ पीएस पावरका साथै, २२.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियर रहेको छ । मात्र १५४ किलोग्राम तौल भएको यो मोटरसाइकल अफरोडको लागि निकै उपयोगी हुनेछ । मोटरसाइकलको अगाडि २१ र पछाडि १८ इन्चको स्पोक ह्वील प्रयोग भएको छ । टायर भने अनरोड र अफरोड दुबैका लागि उपयुक्त हुनेछ। अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन उपलब्ध डुअल २५० मा डबल च्यानल एबीएस र स्लिप असिस्ट क्लच दिइएको छ । यसमा २४५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र १३ लिटर क्षमताको फ्युल ट्याङक पाउन सकिन्छ । जनवरी २०२६ मा सार्वजनिक हुने तयारीमा रहेका यो मोटरसाइकलको मूल्य ६ लाख रुपैयाँ हाराहारीमा हुने अनुमान गरिएको छ । उक्त सेग्मेन्टमा उपलब्ध होन्डा एक्सआर १९० र हिरोले पनि जनवरीबाट बिक्री थाल्ने एक्सपल्स २१०सँग सिधा प्रतिस्पर्धा गर्नेछ । अहिले नेपालमा सीएफ मोटो ४५० एमटी निकै चर्चामा रहेको मोडल हो । कम्पनीले आफ्नो लाइनअप थप बलियो बनाउन डुअल २५० ल्याउन लागेको हो । यसको बजार कस्तो हुन्छ भन्ने एकिन गर्न केही समय कुर्नु पर्नेछ । The post २५० सीसीको एड्भेन्चर मोटरसाइकल बिक्री थाल्दै सीएफ मोटो, मूल्य कति ? appeared first on Meroauto.