निर्वाचन आयोगबाट हामीलाई ‘फेभर’ हैन, निर्णय चाहिएको छ : गगन थापा [अन्तर्वार्ता] - ekantipur.com
Source: kant
नेपाली कांग्रेसको काठमाडौंमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहेकै बेला पार्टीको तत्कालीन संस्थापन पक्षले थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरलगायतलाई साधारण सदस्यसमेत नरहने गरी ५ वर्षका लागि कारबाही गरेको थियो ।