Redirecting...

राप्रपा लिङ्देन र राणा समूहका युवाहरूबीच अधिवेशन मञ्चमै मुक्का हानाहान - bishwokhabar.com

राप्रपा लिङ्देन र राणा समूहका युवाहरूबीच अधिवेशन मञ्चमै मुक्का हानाहान - bishwokhabar.com
Source: bsbk

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा विवाद चर्किँदा हात हालाहालको स्थिति सिर्जना भएको छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको जिल्ला अधिवेशनमा उत्पन्न तनाव नियन्त्रण गर्न प्रहरी समेत परिचालन गरिएको हो । घटनाको सुरुवात केही युवाहरू मञ्चमा उक्लिएर होहल्ला गरेपछि भएको हो । त्यसपछि आयोजकहरूले माइकमार्फत औपचारिक कार्यक्रम अझै सुरु नभएकाले धैर्यपूर्वक बस्न आग्रह गरेका थिए । राप्रपामा अध्यक्ष राजेन्द्र लिङ्देन र धवलशम्शेर जबरा पक्षबीच चलिरहेको विवाद युवा संगठनमा पनि प्रतिबिम्बित भएको बताइएको छ ।