Redirecting...

प्रतिनिधिसभा निर्वाचन : यी क्षेत्रमा एमालेले टुंगो लगाएन उम्मेदवार (सूचीसहित) - nagariknews.nagariknetwork.com

प्रतिनिधिसभा निर्वाचन : यी क्षेत्रमा एमालेले टुंगो लगाएन उम्मेदवार (सूचीसहित) - nagariknews.nagariknetwork.com
Source: ngrk

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। भने केही क्षेत्रमा टुंगो लगाउन बाँकी राखेको छ।ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा शनिबार बसेको सचिवालय बैठकले केही क्षेत्रबाहेकका ठाउँमा उम्मेदवारको नाम तय गरेको सचिव महेश बस्नेतले जानकारी दिए। उनका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली झापा–५ बाट र सभामुख देवराज घिमिरे झापा–२ बाट उम्मेदवार बनेका छन्।यस्तै उपाध्यक्ष विष्णुप्रसाद पौडेल पाल्पा–२, उपाध्यक्ष गोकर्ण विष्ट गुल्मी–२, उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ लमजुङ, उपमहासचिव लेखराज भट्ट कैलाली–५ र रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बनेका छन्। सचिव महेश बस्नेत भक्तपुर–२ र भानुभक्त ढकाल तेह्रथुमबाट उम्मेदवार बनेका छन्। यस्तै उम्मेदवारहरू टुंगो लगाउन बाँकी रहेका क्षेत्रमा अध्यक्ष र महासचिवले टुंग्याउने गरी बाँकी राखेको छ।यी हुन् उम्मेदवार टुंगो लगाउन बाँकी रहेका क्षेत्रहरू:रुपन्देही१. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउने४. अध्यक्षले टुङ्गाउनेकपिलवस्तु२. अध्यक्षले टुङ्गाउनेदाङ१. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउने२. महासचिवको इच्छा बुझेर अध्यक्षले टुङ्गाउनेबाँके२. अध्यक्षले टुङ्गाउनेरुकुम पूर्व१. अध्यक्षले टुङ्गाउनेकाभ्रे२. अध्यक्षले टुङ्गाउनेकाठमाडौं४. अध्यक्षले टुङ्गाउने५. अध्यक्षले टुङ्गाउने७. अध्यक्षले टुङ्गाउनेललितपुर३. अध्यक्षले टुङ्गाउनेमहोत्तरी३. अध्यक्षले टुङ्गाउनेसर्लाही१. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउनेपर्सा१. अध्यक्षले टुङ्गाउने२. अध्यक्षले टुङ्गाउनेताप्लेजुङ१. अध्यक्षले टुङ्गाउनेझापा३. अध्यक्षले टुङ्गाउनेसुनसरी२/३. जगदीश कुसियात( सो मध्य–१ अध्यक्षले टुङ्गाउने)मोरङ५. अध्यक्षले टुङ्गाउने६. अध्यक्षले टुङ्गाउने