कविता : ढुंगा - sahityapost.com
Source: shpt
तिमीले ठीकै भन्यौ,म ढुङ्गा हुँ,पग्लिन पटक्कै नजान्नेकठोर ढुङ्गा। तर यत्ति चाहिँ तिमीले बुझ्नै पर्छ।शरीरमा लेउ ओढेरपानीभित्र लुक्दै बसेकोचिप्लो ढुङ्गा होइन म,जसले मौका पर्नासाथतिमीलाई लडाओस्। म त कुनैकठोर उकालीको चौतारीमावर्षौँ अगाडि देखी बिछ्याइएकोखस्रो ढुङ्गा हुँजसमाथि बसेर तिमीलेआफ्नो थकान मेटाईबाँकी रहेको यात्रासजिलै पुरा गर्न सक्नेछौ। The post कविता : ढुंगा appeared first on साहित्यपोस्ट.