Redirecting...

शरद ओझाको रिट हेर्न नमिल्नेमा - bankingsamachar.com

शरद ओझाको रिट हेर्न नमिल्नेमा - bankingsamachar.com
Source: bkns

काठमाडौं – नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष शरद ओझाको रिट आज हेर्न नमिल्नेमा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासमा परेको रिट हेर्न नमिल्नेमा परेको हो । ओझाले अर्थमन्त्री रामेश्वर खनालले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्चमा दायर गरेको रिट हेर्न नमिल्नेमा राखिएको हो । गत मंसिर २८ गते यहि मुद्धामा सर्वोच्चले आदेश जारी गर्दै ओझाको पूर्व आदेशअनुसारको कार्य सम्पन्‍न गरी पेश गर्न भनेको थियो । सर्वोच्चले अध्यक्ष ओझाबारे छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा बनेको तीन सदस्यीय छानबिन समितिले तयार गरेको सक्कली प्रतिवेदन माग गरेको थियो ।