संसद पुनर्स्थापनाको मुद्दा लिएर कांग्रेस पनि गयो अदालत - arthasanjal.com
Source: sanj
काठमाडौं । सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएलगत्तै कांग्रेसले एमालेकै लाइनमा संसद पुनर्स्थापनाको मुद्दा लिएर अदालतमा गएको छ । प्रतिनिधि सभा विघटन असंवैधानिक भएको भन्दै पुनर्स्थापनाको माग लिएर नेपाली कांग्रेस पनि सर्वोच्च अदालतमा गएका हुन् । कांग्रेसको तर्फबाट रिट दर्तालगायतको कानूनी संयोजन पूर्व महान्यायाधिवक्ता खम्म खातीलाई दिइएको तत्कालीन मुख्य सचिव श्याम घिमिरेले बताएका छन् । कांग्रेसको तर्फबाट विघटित प्रतिनिधि सभाका संसदीय दलका प्रमुख सचेतक घिमिरे र सचेतक सुशीला थिङसहित ८ जना सांसद निवेदक बनेर रिट गएको हो ।