बहुविवाहलाई प्रोत्साहन गर्नेगरी कानून बनाउँदैनाैँ : मन्त्री चौरसिया - ujyaaloonline.com
Source: unn
काठमाण्डाै – कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले बहुविवाहलाई प्रोत्साहन गर्ने गरी कानून नल्याइएको बताउनुभएको छ । नेपाल महिला सङ्घले आज मन्त्रालयमा बुझाएको ज्ञापन पत्र बुझ्दै मन्त्री चौरसियाले यस्तो प्रतिबद्धता जनाउनुभएको हो । सञ्चारमाध्यममा सरकारले मुलुकी देवानी (संहिता) ऐन २०७४ लाई संशोधन गरी केही निश्चित परिस्थितिमा बहुविवाहलाई कानूनी वैधता दिने प्रस्तावित कानून ल्याएको भन्दै समाचार प्रकाशित भएका छन् । सरकारले गलत सम्बन्धबाट गर्भ रही जन्मिएको सन्तानको अधिकार सुनिश्चित गर्नका लागि कानून सं...