माओवादी कर्णाली प्रदेश संसदीय दलका नेताबाट राजकुमार शर्माले दिए पदबाट राजीनामा - farakdhar.com
Source: FRDH
नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार दलका प्रमुख सचेतक कृष्णबहादुर जिसीलाई सम्बोधन गरेर उनले राजीनामा पत्र बुझाएका हुन् । पत्रमा उनले दल नेताको पदबाट राजीनामा दिएको उल्लेख छ । हालै प्रचण्डको साथ त्यागेर जनार्दन शर्माले गठन गरेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा उनी आबद्ध भएका थिए ।