कविता : नेताजीको पाथीदान - sahityapost.com
पूर्वी क्षितिजबाट त्यो बिहान नयाँ उज्यालो किरण मुस्कुराएको थियो ।त्यो उज्यालो केवल सूर्यको किरण थिएनत्यो स्वतन्त्रताको सन्देश, लोकतन्त्रको घोडा बोकेकोआगोको ज्वालामुखी थियोहावामा गीत गुन्जिएको थियो,दिशामा सपना थियो, पखेटा फैलाएका चराहरूनयाँ बाटो खोजिरहेका थिएकलिला बालक निर्भीक स्कुल जाँदै थिए । आज कुनै साधारण दिन थिएन ।आज नेपाल ‘सिंगापुर’ उत्सवमा डुबेको थियो ।गल्ली–गल्ली, चोक–चोक, घर–घर ‘स्विट्जरल्याण्ड’ जस्तै देखियोसबैतिर एकै नाम गुन्जिरहेको थियोक्रान्तिकारी अनि जेलनेल सङ्घर्षले खारिएका नेताहरू चुनावमा ! ढोका अनि भित्ताहरू रङ्गीचङ्गी धजापताकाले सजाइएका थिएआशीर्वाद बाँडिएका थिए, सांस्कृतिक रङ्गहरू मिसिएका थिएसोरठी नाचमा नारीले मादल घन्काउँदै, दोहोरी गीतदिदीबहिनीको बीचमा नेताजी !देउडा अनि बालुन, श्रीकृष्णको भजन, नेताको भक्तिसबै एकै स्वरमा मिसिएको थियोनेपालको स्वतन्त्रता अनि गणतन्त्रको गीतसीमा अनि जङ्गे पिलरको सुरक्षाको गीत । त्यो दिन केवल नेताजीको जन्मदिन थिएनत्यो बलिदानको पर्व थियो, लोकतन्त्रको उत्सव थियोत्यो दिन नेताजीको ‘पाथीदान’को कथा पनि थियो । तर त्यो पाथीदान साधारण दान थिएन ।एक जमानामा नेताजीको ‘टाउको दान’ मात्र थिएनत्यहाँ एउटा विचार थियो, एउटा चेतना थियोएउटा राष्ट्र निर्माणको कथा थियोएउटा क्रान्ति गुन्जिएको थियो । अर्को बराबरी पाथीमासुन, चाँदी, रत्न, आभूषण, जनताको जीवनभरको कमाइआमाको ममता, छोरीको सपना, विधवाको आँसु, युवतीको भविष्यसबै–सबै चढाइँदै थियो । बुढी आमाले आफ्नो जीवनको सबै धन चढाइन्दिदीले कानको मुन्द्री निकालिन्, युवतीले सौभाग्यको चिह्न खोलिन्,विधवाले आफ्नो पीडा, सिन्दूर, टीका र पोतेलाई नै बलिदान बनाइन् ।हरेक गहनासँगै एउटा कथा आयोहरेक कथासँगै एउटा बलिदानहरेक बलिदानको कथा कहिलेसम्म भन्नेअहम् प्रश्न पनि ! तर पाथीदान अझै बराबर भएन ।किनभने नेताजी कुनै शरीर मात्र थिएनन्उनी त विचारको कुन्ज थिएउनी आफैँमा आन्दोलन थिएउनी भविष्य अनि वर्तमाउनी त देशमासिंगापुर, स्विट्जरल्याण्ड, युरोप र अमेरिका मात्र कहाँ हो रपानीजहाज बोकेर ल्याउन सक्ने पहलवानसबै क्षमता भएका क्षमतावान् ! अन्त्यतः एक वृद्ध आएहातमा एउटा छोराको फोटो थियो ।त्यो फोटो कुनै साधारण फोटो थिएन,त्यो फाँसी चढेका शहीद छोराको थियोत्यो बलिदानको मूर्ति थियो । उनले भने“नेताजी ! मेरो छोराले मातृभूमिका लागि प्राण दियोआज म उसकै तस्बिर पाथीमा चढाउँछु ।एउटा छोरो सेल्टरमा थला परेको छअर्को आर्मी ब्यारेकमा, छोरी बेपत्ता भइन्बुढी मूर्छा परेकी उठ्दै उठिनन्यदि अरू पनि सन्तान हुन्थे भनेत्यो पनि नेपाल आमाको चरणमा अर्पण गर्थें ।” त्यो तस्बिर पाथीमा राखिँदै गर्दा पनि पाथी बराबर भएन ।काँटा शान्त भएन, इतिहास स्थिर त भयोनेपाल आमा खुसी त भइन्तर नेताजी अझै खुसी भएनन् । नेताजी उठे, उनले वृद्धलाई नमन त गरेकौटिल्य हाँसो’ ओठमा छर्दै नेताजीले भने“बा ! नेपाल आमा तिमीहरूजस्ता बा–आमाहरूको बलिदान पाएर बाँचेको हो ।देश तिमीहरूको आँसुबाट बनेको होलोकतन्त्र तिमीहरूको छातीको आगोबाट जन्मेको होत्योभन्दा ठुलो कुरा त हामीले ज्यानको बाजी लगाएर जेल गयौँत्यसैले त तपाईं–हामी रजाइँ गर्दै छौँ ।” त्यो दिन पनि पाथी केवल बराबर भएनइतिहास बराबर भएन, सङ्घर्ष बराबर भएनबलिदान बराबर भएननेताजीहरू अझै भोका, नाङ्गा अनि निरीह थिए । जब नेताजीहरू खुसी रहनेछन्त्यो क्षणबाट देशको प्रजातन्त्र अनि गणतन्त्र कल्पना मात्र रहने छैनभाग्य बन्नेछ, सपना पूरा हुनेछ ।एउटा सङ्कल्प गरौँ, नारा बनाऔँ, इतिहास बनाऔँनेताको सपना पूरा गरौँ, पाथीमाथि जनताले भरौँ !