Redirecting...

माडीका सामुदायिक रेडियोहरू मर्ज गरी संस्थागत र व्यवस्थित गर्न स्थानीय सञ्चारकर्मीहरूको जोड - swadeshpost.com

माडीका सामुदायिक रेडियोहरू मर्ज गरी संस्थागत र व्यवस्थित गर्न स्थानीय सञ्चारकर्मीहरूको जोड - swadeshpost.com
Source: swdp

२७ मंसिर, माडी । माडीका क्रियाशील पत्रकारहरुले पेशागत स्थायित्व र सामुदायिक सञ्चार संस्थाहरुको विकासका लागि परस्पर समायोजन (मर्जर)मा जोड दिँदै यस सम्बन्धमा पहल लिन स्थानीय सरकारलाई अनुरोध गरेका छन् । स्थानीय क्रियाशील सञ्चारकर्मीहरुको संस्था स्वदेश मिडिया क्लबको साधारणसभा कार्यक्रमका सन्दर्भमा छलफल गर्दै उनीहरुले सो कुरामा जोड दिएका हुन् । क्लबका अध्यक्ष देवनारायण शाहको अध्यक्षतामा माडी–६, लक्ष्मीनिवासस्थित पुष्पमदन वाटिकामा सो कार्यक्रम सञ्चालन भएको हो । छलफलका क्रममा, हाल माडी क्षेत्रबाट सामुदायिक रेडियो सञ्चालन गरेका तीनवटै संस्थाहरुको अस्तित्व कायमै छाडी, उनीहरुद्वारा सञ्चालित एफ.एम. रेडियो परियोजनालाई स्थानीय सरकारको समेत लगानी जोडेर मर्ज (समायोजन) गरी माडी नगर रेडियोका रुपमा व्यवस्थित ढंगबाट सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको हो । हाल माडीबाट दिवाकर सञ्चार केन्द्रले सामुदायिक रेडियो माडी, बि.पी. सञ्चार संघले सामुदायिक रेडियो बाल्मीकि र स्वदेश मिडिया क्लबले सामुदायिक रेडियो स्वदेश प्लस एफ.एम. सञ्चालन गर्दछन् । यसबाहेक स्थानीय सञ्चारकर्मीहरुबिच समन्वय र सहकार्य बढाउने, समाचार संकलन र प्रकाशन प्रशारणमा सुचना प्रविधि एवं सामाजिक सञ्जालको प्रयोगका साथै व्यवसायिक वृत्तिविकासका विभिन्न बिषयमा समेत छलफल गरिएको क्लबका सचिव प्रेमप्रसाद पौडेलले बताउनुभयो ।