दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न राप्रापाको माग - kendrabindu.com
Source: kend
काठमाडौं। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई रिहा गर्न राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ । उपाध्यक्ष रोशन कार्की नेतृत्वको राप्रपाको टोलीले सोमबार गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेटेर प्रसाईंको रिहाइको माग गरेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। राप्रापाको भनाइ अनुसार प्रसाईंलाई बारम्बार बिना कारण पक्राउ गरिएको छ । हिजो साँझ भक्तपुरस्थित निवासबाटै प्रसाईं पक्राउ परेका थिए ।