Redirecting...

रुसका पूर्वराष्ट्रपतिको धम्कीपछि ट्रम्पले गरे आणविक पनडुब्बी तैनाथ गर्ने घोषणा - nagariknews.nagariknetwork.com

रुसका पूर्वराष्ट्रपतिको धम्कीपछि ट्रम्पले गरे आणविक पनडुब्बी तैनाथ गर्ने घोषणा - nagariknews.nagariknetwork.com
Source: ngrk

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई आणविक पनडुब्बीहरूलाई 'उपयुक्त स्थानहरूमा तैनाथ' गर्न आदेश दिएको बताएका छन्। पूर्व रुसी राष्ट्रपति दिमित्री मेदभेदेवको 'उत्तेजक' भनाइको जवाफमा उनले यो कदम चालेका हुन्।शुक्रबार ट्रुथ सोसलमा पोस्ट गर्दै ट्रम्पले लेखे, 'रुसका पूर्व राष्ट्रपति तथा रुसी सुरक्षा परिषद्का वर्तमान उपाध्यक्ष दिमित्री मेदवेदेवले दिएको अत्यन्तै भड्काउने बयानको आधारमा, मैले दुई आणविक पनडुब्बीहरूलाई उपयुक्त स्थानहरूमा तैनाथ गर्न आदेश दिएको छु।'ट्रम्पले भने, 'मैले यो सावधानीका रूपमा गरेको हुँ किनभने यो सम्भव छ कि यी गैरजिम्मेवार र उत्तेजक अभिव्यक्तिहरू केवल शब्दहरूमा मात्र सीमित छैनन्। शब्दहरूले धेरै अर्थ राख्छन् र कहिलेकाहीं अवांछित परिणामहरू निम्त्याउन सक्छन्। आशा छ यस पटक यस्तो हुने छैन।'ट्रम्पले पनडुब्बीहरू कहाँ तैनाथ गरिएको थियो भन्ने कुरा भनेनन्। यो जानकारी अमेरिकी सैन्य प्रोटोकल अन्तर्गत गोप्य राखिएको छ।हालै, ट्रम्पले रुसलाई युक्रेनमा युद्धविराम लागू गर्न आग्रह गरेको र यसो नगरेमा कडा प्रतिबन्ध लगाउने धम्की दिएको चेतावनीपछि मेदभेदेवले अमेरिकालाई धम्की दिएका थिए।रुसले यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेको छैन, तर ट्रम्पको भनाइपछि रुसको शेयर बजारमा तीव्र गिरावट आएको छ।२००८ देखि २०१२ सम्म रुसको राष्ट्रपति रहेका मेदभेदेवले यस हप्ताको सुरुमा ट्रम्पलाई 'रुससँग अल्टिमेटम खेल खेलेको' आरोप लगाएका थिए।'हरेक नयाँ अल्टिमेटम भनेको धम्की र युद्धतर्फको कदम हो,' मेदभेदेवले एक्समा लेखे।जुलाईको सुरुमा उनले ट्रम्पको अल्टिमेटमलाई 'नाटकीय' भनेर वर्णन गरे र भने कि 'रुसलाई यसको वास्ता छैन।'शुक्रबार ट्रम्पले मेदभेदेवको भनाइप्रति फेरि प्रतिक्रिया जनाए। उनले मेदभेदेवलाई 'रुसको असफल पूर्व राष्ट्रपति, जो अझै पनि आफूलाई राष्ट्रपति ठान्छन्' भनेर वर्णन गरे।ट्रम्पले मेदभेदेवलाई 'आफ्ना शब्दहरूमा ध्यान दिन' चेतावनी दिँदै भने, 'उनी धेरै खतरनाक बाटोमा गइरहेका छन्।'मेदभेदेवले २०२२ देखि युक्रेनमा रुसको ठूलो मात्रामा आक्रमणको समर्थन गर्छन् र पश्चिमी देशहरूको कडा आलोचक हुन्।