विशाल सोनी र शान्तारानी परियारको स्वरमा ‘स्याउली बजारमा’ - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । विशाल सोनी र शान्तारानी परियारको स्वरमा रहेको गीत ‘स्याउली बजारमा’ बोलको गीत सार्वजनिक गरिएको छ । नेत्र अर्यालको शब्द रचना, नन्दु परियारको संगीत र एचबिएन किस्मतको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । मौसम हिमालीले निर्देशन गरेको गीतको भिडियोको रमाइलो बनाइएको छ । भिडियोमा पल शाह र कोमल नेपालीलाई फिचरिङ गरिएको छ । भिडियोमा गायक विशालको अभिनय छ । नवराज उप्रेतीले छायांकन गरेको भिडियोमा मिलन विश्वकर्माको सम्पादन छ । गीतको भिडियो कोमल नेपाली युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।