Redirecting...

सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा, को कहाँ ? - www.pardafas.com

सशस्त्र प्रहरीका तीन जना एआईजीको सरुवा, को कहाँ ? - www.pardafas.com
Source: pfds

सरकारले सशस्त्र प्रहरी बल, नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेशबहादुर ठाडामगरको सरुवा गरेको हो । कार्य विभागमा कार्यरत पौडेललाई मानवस्रोत विकास विभाग, मानवस्रोतमा कार्यरत वंशीराजलाई सीमा सुरक्षा विभाग र सीमा सुरक्षा विभागमा कार्यरत गणेश ठाडामगरलाई कार्य विभागमा सरुवा गरिएको छ ।