Redirecting...

आज देशभरको मौसम सफा रहने पूर्वानुमान - farakdhar.com

आज देशभरको मौसम सफा रहने पूर्वानुमान - farakdhar.com
Source: FRDH

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नदेखिएको जानकारी दिएको छ । जसका कारण शनिबार देशभरको मौसम मुख्यतया सफा नै रहेको छ । महाशाखाका अनुसार आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकि भू–भागमा मौसम मुख्यतया सफा रहने छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।