उद्योग, व्यवसायमा देखिएका कानुनी अवरोधहरू हटाउने कामलाई प्राथमिकता दिइनेछ : मन्त्री सिन्हा - www.pardafas.com
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उद्योगहरूलाई अघि बढाउनका लागि आवश्यक कानुनी अवरोधहरू हटाउने कामलाई आफूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिवार काठमाडौँमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले वर्षौँदेखि अड्किएर बसेका उद्योगहरूको फाइल आफूले अघि बढाउनका लागि सम्बन्धित कर्मचारीहरूलाई निर्देशन दिएको उल्लेख गर्दै त्यसलाई सहज ढंगले अघि बढाउन अन्तर मन्त्रालयबीचको सहजीकरणमा पनि जोड दिने बताए । मन्त्री सिन्हाले अर्थतन्त्रलाई अघि बढाउन सरकारले नियन्त्रणकारी भूमिका खेल्न नहुने कुरामा पनि आफू स्पष्ट रहेको बताए । उनले भने ‘धेरै कुराहरू बुझे मौका पाइसकिएको छ । त्यसलाई अव प्राथमिकताका आधारमा कसरी अघि बढाउने रु यी कुराहरूलाई हामी इन्डिकेट गरेर त्यसमा कहाँनिर कानुनी अवरोधहरू आइरहेका छन् रु कुन कुराले हाम्रो अर्थतन्त्रलाई चलायमान बनाई दिन्छ, त्यस्ता कुराहरूको प्राथमिकतालाई पहिचान गरेर अव अगाडि बढ्ने भन्ने मेरो सोच रहेको छ । अन्तर मन्त्रालयबीच पनि सहजीकरण गरेर अघि बढ्नुपर्ने अवस्था छ । अहिले कतिपय उद्योगहरूले दिनु भएको प्रस्तावहरू कतिपय मन्त्रालयमा अडिएर बसेको र मैले बर्सौँ अडिएर बसेको भन्ने पनि पत्ता लगाइएको छ । मैले आफ्नो मातहतका मन्त्रालयहरूमा पहिलो प्राथमिकता मैले सचिवहरूलाई अनुरोध गरेको छु भने आगामी पुस्तालाई हेरेर सम्पूर्ण कर्मचारीहरूले अव सरकारलाई राम्रोसँग चलाई दिन्छु भन्ने कुरालाई हृदयंगम गरेर तपाईँहरूले अहिलेसम्म अड्किएर बसेका कामहरूलाई सबैभन्दा पहिले फर्स्यौट गरिदिनुस् । होइन भने हामी अगाडि बढ्न खोज्छौँ । त्यसले पछाडि डोरी बस्ने बनेर बाँधेर राखिदिन्छ । हातखुट्टा बाँधेर अर्थतन्त्र चलायमान हुन सक्दैन । हामीले अर्थतन्त्रलाई चलायमान बनाउन निर्णय प्रक्रियालाई अगाडि बढाउनु पर्यो । नियन्त्रित गर्ने कुराहरू छन् भने त्यसलाई नियन्त्रण गर्दै जानु पर्यो ।’ मन्त्री सिन्हाले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि सरकारले आवश्यक कदम चाल्ने पनि बताए ।