Redirecting...

खनेपाली पर्वहरुको माध्यमबाट बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : उपाध्यक्ष घिमिरे - kendrabindu.com

खनेपाली पर्वहरुको माध्यमबाट बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : उपाध्यक्ष घिमिरे - kendrabindu.com
Source: kend

काठमाडौँ। राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबीच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताएकी छन् । नयाँ वर्षको अवसरमा मनाइने शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको कामना गर्दै उनले नेपाली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् । उनले “बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक, बहुजातीय समुदाय र भौगोलिक विविधता हाम्रो देशका पहिचान हुन् । संविधानले सबै भाषा, धर्म, वर्ग, जाति, भूगोल, समुदाय र संस्कृतिको समान अस्तित्वलाई स्वीकार गरेको छ । नेपालीहरू विविध भाषा, संस्कृति, चाडपर्व र परम्पराका धनी छन् । हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले मनाउने ग्याल्पो ल्होसार राष्ट्रिय संस्कृतिको अभिन्न अङ्ग हो,” भनिन् । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्परामा चन्द्रमास गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदा तिथिदेखि नयाँ वर्ष सुरु हुने विश्वासका साथ ग्याल्पो ल्होसार मनाइन्छ । यस अवसरमा शेर्पा समुदायले गाउँघर, टोलका बाटोघाटो र पानीका स्रोतको सरसफाइ गर्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से खाने तथा आपसमा शुभकामना आदानप्रदान गर्ने परम्परा छ । यस पर्वलाई पारिवारिक तथा सामाजिक मेलमिलाप अभिवृद्धि गर्ने अवसरका रूपमा लिइन्छ ।