Redirecting...

पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम जेन जी आन्दोलन :डीपी अर्याल - corporatekhabar.com

पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम जेन जी आन्दोलन :डीपी अर्याल - corporatekhabar.com
Source: cork

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डीपी अर्यालले पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाममा जेनजी आन्दोलन भएको बताएका छन् । शुक्रबारदेखि चितवनको सौराहामा सुरु भएको केन्द्रीय समिति बैठकमा अर्यालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा लोकतान्त्रिक र संसदीय मूल्यमान्यताविपरीत संसद्का तीन ठूला दलले सत्तालाई ’म्युजिकल चेयर’ बनाएकाले जेनजी आन्दोलन भएको उल्लेख छ । “हामीले पनि निरन्तर सचेत गराउँदै आएका थियौँ– संसदीय अंकगणितको बलमा शासकीय अहंकार, दम्भ र अर्कमण्यता बढ्दै गयो भने नागरिकमा चुलिँदै गएको आक्रोश विस्फोट हुनेछ । सभापति रवि लामिछानेज्यूले कांग्रेस–एमालेको सहकार्यमा सरकार बने लगत्तै त्यसलाई ’अन्तिम भोज’को संज्ञा दिँदै यस्तो समीकरण पनि असफल हुँदाको नतिजा कल्पना गर्नुभएको छ ? भनेर प्रश्न गर्नुभएको थियो,“ प्रतिवेदनमा भनिएको छ । प्रतिवेदनमा अगाडि भनिएको छ, “सभापति रवि लामिछानेज्यूले भैरहवा कारागारबाट जारी गरेको अपिलमा ’तस्करले दिएका तिम्रा हातका घडी खोस्छन्’ भन्नुभएको थियो । नभन्दै त्यो दिन आयो पनि । अब त्यही हातमा हत्कडी पनि लाग्छन् ।“ अर्यालले दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारले लोकतन्त्रको आवरणमा दोहन, दलीयकरण र निरंकुशता लाद्ने प्रपञ्च गरेको आरोप लगाएका छन् । “त्यहीबाट बढेको आक्रोश जेनजीको नाममा विस्फोट भएको हो । जुन सुकै शक्ति वा समूहले गैरदलीय ब्यानरमा आन्दोलनको आह्वान र अगुवाइ गरेको भए पनि त्यसमा आमनागरिकको असन्तोष प्रस्फुट हुने परिस्थिति बनिसकेको थियो,“ प्रतिवेदनमा उल्लेख छ । The post पुराना दलको शासकीय अनैतिकता र अक्षमताको परिणाम जेन जी आन्दोलन :डीपी अर्याल appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.