शुरु भयो काँग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन - kendrabindu.com
Source: kend
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया अगाडी बढेको छ । निर्वाचन समितिले उम्मेदवारी मनोनयन दर्ता शुरु गरेको हो । निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बिहान ९ः१५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिएको केन्द्रविन्दुलाई बताए । लगत्तै निर्वाचनको अन्य काम अगाडि बढाइने बताइएको छ । पार्टीको पुरानै विधानअनुसार हुन लागेको निर्वाचनमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र एक सय २१ सदस्य पदका लागि निर्वाचनको काम अघि बढेको हो । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा चार हजार ७ सय ४३ मतदाता रहेकामा निधन भएका र अन्य पार्टीमा प्रवेश गरेकाबाहेक हाल चार हजार ६ सय ३५ महाधिवेशन प्रतिनिधि रहेको विशेष महाधिवेशन सचिवालयले जनाएको छ ।