Redirecting...

कविता : रोएको राजनीति - sahityapost.com

कविता : रोएको राजनीति - sahityapost.com
Source: shpt

सिंहासनमाथि हाँसो हल्लिन्छभुइँमा जनता आँसु सेक्छन् ।नारा मीठा, वाचा चम्किन्छन्भोलि फेरि अँध्यारो तल्लिन्छ । मतपत्रमा सपना सजिन्छविश्वासमा भविष्य बुझिन्छ ।गणनाको रात नटप्दैआशा आफैँ हराइन्छ । यहाँ विचार होइन, व्यापार बिक्छआस्था मात्रै होइन, अङ्कुर मर्छ ।सत्य सडकमा रगत बगाउँछझूट दरबारमा बसेर गर्जन्छ । कुर्सी बलियो, मेरुदण्ड गल्छलज्जा बेचेर सत्ता साटिन्छ ।भोकले मर्ने बालकको पीडामाभाषणको पोस्टर टाँसिन्छ । जनताको आँसु अन्धकारमा हराउँछक्यामेराको उज्यालोमा नाटक जन्मिन्छ ।यहीँ रोएको राजनीति बिक्छजहाँ देश होइन, स्वार्थ नै जित्छ । कहिले यो गुट, कहिले उ गुट परिवर्तन हुन्छआफ्नो स्वार्थ पूरा भए जनता भाँडामा हाल्छन् ।वाद–विवादमा मात्रै चुलबुल देखिन्छतर जनताको पीडा सधैँ अँध्यारोमा हराउँछ । गठबन्धन पछि ठगबन्धन कहलिन्छजनता हेरेको हेर्यै मौनमै बलिन्छन् ।नेता सबै मिलेर स्वार्थमै तल्लीन छन्लोकतन्त्रको नाममा सपना नै गलिन्छन् ।