दाँतको स्वास्थ्य, शरीरको सुरक्षा : बेवास्ताले ल्याउने गम्भीर जोखिम - farakdhar.com
Source: FRDH
दाँत र गिजाको स्वास्थ्यले मानिसको समग्र स्वास्थ्य निर्धारण गर्छ । मुख शरीरको प्रवेशद्वार भएकाले यहाँ देखिने साना समस्या बेवास्ता गर्दा मुटु, मधुमेह र पाचन प्रणालीसम्म असर पर्न सक्छ । अर्थोडोन्टिस्ट डा. हर्षकुमार तिवारीका अनुसार दन्त स्वास्थ्यलाई सामान्य सौन्दर्यको विषय मात्र नभई सार्वजनिक स्वास्थ्यको महत्वपूर्ण आधारका रूपमा बुझ्न जरुरी छ । दाँतको राम्रो हेरचाहका लागि नरम (क्यात) ब्रस र फ्लोराइडयुक्त टुथपेस्टको प्रयोग अत्यावश्यक हुन्छ । नरम ब्रसले गिजा र दाँतलाई क्षति नपुर्याई सफा गर्छ भने फ्लोराइडले दाँत मजबुत बनाउँदै किराको जोखिम ...