Redirecting...

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सुरू - corporatekhabar.com

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सुरू - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्यतको बन्दसत्र सुरू भएको छ । मङ्गलबारको बन्दसत्र केन्द्रीय सदस्य तारामान गुरुङको अध्यक्षतामा सुरु भएको हो । बन्दसत्रमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि सहभागी छन् । यही पुस २७ र २८ गतेका लागि आयोजना गरिएको विशेष महाधिवेशनको बन्दसत्रमा विभिन्न प्रतिवेदन उपर छलफल जारी रहेकाले आजसम्म लम्बिएको हो । विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले महाधिवेशन प्रतिनिधिको दर्ता प्रक्रिया आज पनि जारी रहेको बताए । कांग्रेसका महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि बन्दसत्रमा छलफल जारी रहेको र महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनका लागि नाम दर्ता गर्ने सङ्ख्या सोमबार साँझसम्म ६३ प्रतिशत पुगेको जनाइएको छ । The post कांग्रेस विशेष महाधिवेशन : बन्दसत्र सुरू appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.