Redirecting...

काठमाडौं–३ का निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा - janatatimes.com

काठमाडौं–३ का निवर्तमान सांसद चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा - janatatimes.com
Source: jant

काठमाडौं, मंसिर २८। काठमाडौं निर्वाचन क्षेत्र नम्बर–३ का निवर्तमान सांसद सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा उहाँविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । चालिसे विरुद्ध दायर मुद्दामा तीन करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँ बिगो मागदाबी गरिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।