Redirecting...

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै - corporatekhabar.com

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै - corporatekhabar.com
Source: cork

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्दैछ । यही साउन १६ गतेदेखि सुरू भएको स्थायी समिति बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने क्रम जारी छ । शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच पदाधिकारी र एक अनुशासन आयोगका पदाधिकारीले आफ्नो धारणा राखे । The post माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.