ओलीले आफ्नो टिममा नराखेपछि कृष्णगोपाल ‘पेलेको युग सकियो, अब मेस्सीहरू जन्मिन्छन्’ - www.sutranews.com
Source: sutr
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व फुटबलका महान खेलाडी पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठलाई ११औँ महाधिवेशनमा उनै ओलीले आफ्नो टिममा राखेनन्। त्यसपछि श्रेष्ठले भृकुटीमण्डपबाट अब पार्टीमा ‘नयाँ मेस्सीहरू’ जन्मिने दाबी गर्दै ओली नेतृत्वको युगलाई ऐतिहासिक चरणको संज्ञा दिएका छन्। श्रेष्ठले भने, ‘पेलेको जमाना गइसक्यो, अब नयाँ मेस्सीहरू आइसकेका छन्।’ अबको ‘पेले’ को भन्ने प्रश्नमा उनले ओलीको बचाउ गर्दै भने, ‘राष्ट्रिय राजनीतिमा केपी ओलीजत्तिको सक्षम नेता दक्षिण एसियामै छैन। हामीले त्यस्तो नेता पाएका छौँ, त्यसमा गर्व गर्नुपर्छ।’