Redirecting...

नेप्से २१।४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार - corporatekhabar.com

नेप्से २१।४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार - corporatekhabar.com
Source: cork

काठमाडौँ । नेप्सेमा गिरावट आएको छ । आइतबार नेप्से २१।४८ अंकले घटेर २६०९।६९ विन्दुमा पुगेर रोकिएको छ ।आज ३२५ कम्पनिका एक करोड ७ लाख १८ हजार ६१५ कित्ता शेयर ५ अर्ब ३३ करोड ४४ लाख १५ हजार ३३१ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।आज स्वस्तिक लघुवित्त र श्रीनगर एग्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ भने झापा इनर्जीको शेयर मुल्य ९।९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी बंगल हाइड्रोको शेयर ८।५१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सागर डिस्टिलरीको ४३ करोड ६९ लाख कारोबार भएको छ भने एनगाडी ग्रुप पावरको ३२ करोड ५२ लाखको कारोबार भएको छ । The post नेप्से २१।४८ अंकले घट्यो, ५ अर्ब ३३ करोडको कारोबार appeared first on corporatekhabar : Nepals first corporate news magazine and portal.