‘रमिताको पिरती’को ‘जुनी भर’ - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । माघ २३ गतेदेखि सिनेमाघरमा आउने मिति तय गरेको चलचित्र ‘रमिताको पिरती’को गीत सार्वजनिक भएको छ । चलचित्रको दोस्रो गीत ‘जुनी भर’ निर्माणपक्षले सोमबार सार्वजनिक गरेको हो । गीतमा महेश काफ्लेको शब्द तथा संगीत छ भने स्वर अस्मिता अधिकारी र महेश काफ्ले स्वयंको छ । प्रेमिल गीतमा युवकले युवतीलाई फकाउन गरेको प्रयास र युवतीको घुर्की छ । गीतको भिडियोमा चलचित्रका दुई मुख्य कलाकार विनय श्रेष्ठ र आना शर्मालाई फिचरिङ गरिएको छ । यो चलचित्रमा समीर श्रेष्ठ, गियाना, गौमाया गुरुङ, पशुपति राई, रेनु योगी, थिन्लेलगायत कलाकारको अभिनय छ । सुदिप्ताको लेखन र निर्देशनमा तयार भएको चलचित्रमा सागर लम्सालको लगानी छ ।