काठमाण्डौको ट्राफिक व्यवस्थापनमा कडाइ, लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने - ujyaaloonline.com
Source: unn
काठमाण्डौ – अबदेखि काठमाण्डौ उपत्यकाबाट संचालन हुने लामो दूरीका सार्वजनिक गाडी तोकिएको बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू भएको छ । काठमाण्डौ उपत्यकामा बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक प्रहरीले कडाइका साथ नयाँ व्यवस्था लागू गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । यस्तै लामो दूरीका गाडीलाई दिइँदै आएको बाटो इजाजतपत्रसमेत पुनरावलोकन गर्नुपर्ने आवश्यकता देखिएकाले ट्राफिक कार्यालयले सम्बन्धित निकायसमक्ष आवश्यक पहलका लागि अनुरोध गरिसकेको प्रवक्ता सु...