माधव र झलनाथबीच व्यक्तिगत टकरावले पार्टीमा विस्फोटक अवस्था - janatatimes.com
काठमाडौं, १६ साउन । नेकपा एसमा माधवकुमार नेपाल र झलनाथ खनालको व्यक्तिगत टकरावले पार्टीमा विस्फोटक अवस्थामा सिर्जना भएको छ । तत्कालीन एमालेमा बाट फाटेर गएपछि नयाँ पार्टी बनाउनुभएका उहाँहरु हरुबीच नै टकरावको अवस्था आएको छ । नयाँ पार्टी बनाएपछि मिलेर त्यसलाई गति दिने भन्दा पनि खनाल नेपाल बनिबनाउ पार्टीमै जस्तो प्रतिस्पर्धीका रुपमा रहँदै उभिदै आउनुभएको छ । एमालेमा रहँदा जस्तै एकीकृत समाजवादी बनाए पनि उनीहरुबीच प्रतिस्पर्धा र एकअर्कालाई अस्वीकार गर्ने मनस्थितिबाट बाहिर आउन सक्नुभएको छैन । एक स्रोतका अनुसार उहाँहरुबीच महिनौँदेखि सामान्य बोलचालसमेत बन्द भएको अवस्था छ। पार्टीको दशौँ महाधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका खनाल पछि हटेर नेपाललाई सर्वसहमत बनाउन तयार भए पनि पार्टी सञ्चालन र पार्टीको सैद्धान्तिक आधारमाथि उनीहरु फरक फरक कित्तामा उभिदै आउनुभएको छ । बिहीबार सम्मानित नेता खनालले एक अन्तर्वार्तामा एमालेबाट पार्टी विभाजन गर्नु गलत रहेको भन्दै पश्चातापपूर्ण अभिव्यक्ति दिनुभएको थियो । खनालले पार्टी विभाजन गलत हुन पुगको र त्यसको औचित्य समाजवादीले पुष्टि गर्न नसकेको दाबी गर्नुभएको थियो । अन्तर्वार्तामा खनालले एमालको प्रशंसासमेत गर्नुभएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनमा एमाले बलियो शक्ति भएको उहाँको भनाइ थियो। तर उक्त कुरा संचार माध्यममा आए लगतै अध्यक्ष नेपालले झलनाथ खनाललाई राजीनामा दिएर पार्टी छोड्न आग्रह गर्नुभएको थियो भने लगतै पुन खनालले अध्यक्ष माधव नेपाल तानाशाह बन्न खोजेको आरोप लगाउनुभएको छ । उहाँले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैर–जिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको समेत बताउनुभएको छ ।