आई.एम.ई. लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्तालाई ओम हस्पिटलमा १० % छुट - bankingsamachar.com
Source: bkns
काठमाडौं – आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई अब ओम हस्पिटलमा उपचार सेवा लिँदा १० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । हेल्थ चेकअप प्याकेजमा विशेष सहुलियत दिने भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् । त्यस्तै, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेस गरी उक्त छुट सुविधा को लाभ लिन सक्नेछन्