Redirecting...

एमाले अध्यक्षमा ओली र पोखरेलको भिडन्त पक्का, दुवैले गराए उम्मेदवारी दर्ता - farakdhar.com

एमाले अध्यक्षमा ओली र पोखरेलको भिडन्त पक्का, दुवैले गराए उम्मेदवारी दर्ता - farakdhar.com
Source: FRDH

नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रका क्रममा ओलीले केहीबेरअघि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी ईश्वर पोखरेलले पनि यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन कार्यतालिका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने मतदान भोलि हुने तय भएको छ ।