आर्मी र लद्दाखको बराबरी - www.hamrokhelkud.com
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी फुटबल क्लब भारतमा जारी डुरान्ड कप फुटबल प्रतियोगिताको आफ्नो दोस्रो खेलमा लद्दाख फटबल क्लबसँग बराबरी खेलेको छ । जमशेदपुरस्थित जेआरडी स्पोर्टस कम्प्लेक्समा आज आर्मी र लद्दाख खेल १-१ को बराबरीमा सकिएको हो । समूह ‘सी’ मा रहेको आर्मीले पहिलो अंक जोडेको हो । आर्मीका लागि निराजन धामीले गोल गरे । लद्दाखका लागि भने सिजुले गोल गरे । खेलको २२औं मिनेटमा गोल गर्दै सिजुले लद्दाखलाई अग्रता दिलाए । ४१औं मिनेटमा गोल गर्दै निराजनले आर्मीलाई बराबरीमा पुर्याए । पहिलो खेलमा आर्मी जमशेदपुर फुटबल क्लबसँग ३-२ ले पराजित भएको थियो । मेघराज केसीको प्रशिक्षणमा रहेको आर्मीले जर्ज प्रिन्स कार्कीको कप्तानीमा खेलिरहेको छ । आर्मीले समूह चरणको अन्तिम खेल साउन २० गते इण्डियन आर्मी फुटबल टिमसँग खेल्नेछ । २४ टोलीको सहभागिता रहेको प्रतियोगिताको हरेक समूहको विजेताले नकआउट चरणमा पुग्नेछ । ६ समूहका उत्कृष्ट दुई उपविजेता पनि क्वाटरफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको सबै खेलको प्रत्यक्ष प्रसारण सोनी स्पोर्टस २ र सोनी लिभले गरिरहेको छ ।The post आर्मी र लद्दाखको बराबरी first appeared on हाम्रो खेलकुद.