जनार्दनलाई प्रचण्डको चेतावनी- पार्टी अनुशासन पालना गर्नू - farakdhar.com
Source: FRDH
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पार्टी अनुशासन र कार्यपद्धति बाहिर गएर धारणा सार्वजनिक गर्नु अनुचित भएको बताएका छन् । पार्टी स्थायी समिति बैठकको सुरुमा उनले उपमहासचिव जनार्दन शर्माले सार्वजनिकरूपमा उठाएका प्रश्नको सन्दर्भमा टिप्पणी गर्दै कम्युनिस्ट पार्टीमा संसदवादी दलजस्तो खुला अभिव्यक्तिको अभ्यास नहुने स्पष्ट पारे । ‘कम्युनिस्ट पार्टीमा जनवादी केन्द्रीयता हुन्छ, बुर्जुवा पार्टीजस्तो सार्वजनिकरूपमा बोल्ने छुट हुँदैन,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक स्थायी स...