पेमा शेर्पाको ‘छम छम नाच्ने हो…’ - ehimalayatimes.com
Source: hmlt
काठमाडौं । पेमा शेर्पा राईको स्वरमा रहेको तीज गीत ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ सार्वजनिक भएको छ । गायिका शेर्पालाई निशा राई, पवित्रा गुरुङले स्वरमा साथ दिनुभएको छ भने शब्द श्यामकुमार बानियाँ, संगीत ओमप्रकाश राईको रहेको छ । सञ्जु मोक्तान, मन्दिरा शिवाकोटी, अमिषा रिसाल, अनिता केसी, दुर्गा घिमिरे, कल्पना मगर, दिप्ती महत, कञ्चन गुरुङ, मञ्जिला शिव, अब्जिला चौधरी, राज रुम्बा, अन्जल शाहको अभिनय र नृत्य रहेको ‘छम छम नाच्ने हो कम्मर भाच्ने हो’ को भिडियोमा छायांकन अरुण न्यौपाने, सम्पादन ओम प्रसाईं, कोरियोग्राफी नवराज बस्नेत र निर्देशन ओमप्रकाश राईको छ ।